७ मंसिर २०८१, शुक्रबार

आजदेखि अनलाइनबाटै ब्लुबुक नवीकरण हुने



काठमाडौं । आजदेखि अनलाइनबाटै सवारी साधनको ब्लुबुक नवीकरण गर्न सकिने भएको छ । पहिलो चरणमा बागमती प्रदेशभित्र सवारी कर, जरिवाना लगायतका राजस्व भुक्तानीसँगै ब्लुकुब नवीकरण पनि अनलाइनबाटै गर्न सकिने भएको हो ।

प्रदेश राजधानी हेटौडामा मुख्यमन्त्री डोरमणि पौडेलले भोलस् आज शुक्रबार यो सेवाको उद्घाटन गर्ने छन् । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार वेबपोर्टल र नागरिक एपबाट यो सुविधा पाईनेछ ।

यसका लागि प्रदेश सरकारले छुट्टै यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएर्स तयार पारेको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालय वा अन्य सेवा कार्यालयका सेवाहरू अब यही प्रणालीमार्फत अनलाइनमै उपलब्ध हुनेछन् ।



प्रतिक्रिया दिनुहोस !