राष्ट्रपतिमाथि महाअभियोग लगाउने चर्चा चलेपछि ओली पुगे शीतलनिवास
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउने चर्चा चलेपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन्।
प्रधानमन्त्रीबाट हटेपछि ओलीले पहिलोपटक आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् । स्रोतका अनुसार उनीहरुबीच अहिले भेटवार्ता जारी छ ।
पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले राष्ट्रपतिमाथि महाभियोग लगाउने दुुष्प्रयास भैरहेको भन्दै त्यस्तो सपना नदेख्न सत्तारुढ दललाई चेतावनी दिएका थिए ।