कांग्रेस पदाधिकारी बैठक बिना निष्कर्ष सकियो
काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बिना निष्कर्ष सकिएको छ । आज शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकमा कुनै निष्कर्ष ननिस्केपछि भोलि फेरि बस्ने गरी टुंगिएको हो ।
आजको बैठकमा महाधिवेशन कार्यतालिका, क्रियाशील सदस्यता छानबिनको विषयमा छलफल भएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए ।बैठक त बस्यो त कुनै पनि निष्कर्षमा पुग्न सकिएन,’ उनले भने, ‘क्रियाशील सदस्यता विवाद र महाधिवेशनको तयारीको विषयमा छलफल सुरु भयो । तर, बैठकले ठोस निर्णय गर्न सकेन ।’ आजको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशन तथा क्रियाशील सदस्यताको विषयमा भएको प्रगतिबारे ब्रिफिङ गरेका थिए ।