आउनुहोस् मिलेर पार्टी अगाडि बढाऔं :अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट समूहलाई आममाफी दिने बताएका छन् ।
बिहीबार ललितपुरको च्यासलमा पुष्पलाल श्रेष्ठको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पार्टीमा आउन अनुरोध समेत ओली गरेका छन् ।
अध्यक्ष ओलीले बाटो बिराएर, भड्किएर नहिँड्न पनि आग्रह गरेका छन् । उनले भने–‘बाटो बिराएका, भड्किएका साथीहरुलाई आग्रह गर्छु । यस पार्टी र आन्दोलनको एकताका लागि आउनुस् सबैले मिलेर काम गरौँ । एम्नेष्टी इज ग्रान्टेड, एमालेलाई एक बनाएर जाऊँ । कम्युनिष्ट आन्दोलनले, नेकपा एमालेले धेरै ठूलो क्षति व्यहोरेको छ। अब यसलाई रोकेर अघि बढौँ ।’
त्यसैगरी उनले थपे–‘हामी को कहाँ छौँ, त्यो कुरा छाडिदिऊँ देश र जनताको कुरा गरौँ । अब विवाद छाडौँ । पार्टी एकताको कुरा गरौँ ।’