खनालको उपचारका लागि अर्थ मन्त्रालयले निकासा गर्यो ३० लाख
काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचारको लागि ३० लाख रुपैयाँ बजेट निकासा गरेको छ। अर्थ मन्त्रालयले मन्त्रिपरिषदको निर्णयअनुसार उपचार खर्च निकासा गरेको हो।
अर्थ मन्त्रालय बजेट महाशाखाका एक अधिकारीले मन्त्रिपरिषदको निर्णयअनुसार बजेट निकासा भएको बताए। मन्त्रिपरिषदले निर्णय गरेपछि रकम निकासाको प्रक्रिया सुरु भएको ती अधिकारीको भनाइ छ।
पूर्वप्रधानमन्त्री खनाल हाल भारतमा उपचार गराइरहेका छन्। तत्कालीन केपी ओली सरकारको मन्त्रिपरिषद बैठकले उपचार खर्च व्यहोर्ने निर्णय गरेको थियो।