आज नेपालमा थप २८३८ कोरोना संक्रमण, ३० जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,८३८ जना कोरोना संक्रमण पुष्टि भएको छ । ८,७१५ पीसीआर परीक्षणमा १,९१८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी जना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
आज १,४७५ जना संक्रमित निको भएर घर फर्किएका छन् । सोहि अवधिमा थप ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।