६ मंसिर २०८१, बिहीबार

आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यस्तो छ छलफलको एजेण्डा



 

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

आजको बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, पार्टी संगठनलगायत विषयमा छलफल हुने जनाएको छ । बैठकमा सरकारमा जाने मन्त्रीका विषयमा पनि छलफल गरिने बुझिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर सरकार सञ्चालनको साझा कार्यक्रम बनाएर जाने विषयमा छलफल गरेका थिए। प्रधानमन्त्री देउवासँग भएको छलफल र छलफलका क्रममा भएका प्रगतिका विषयमा पनि बैठकमा अध्यक्ष प्रचण्डले जानकारी गराउनेछन्।

 



प्रतिक्रिया दिनुहोस !