३ मंसिर २०८१, सोमबार

आज श्रावण महिनाको पहिलो सोमबारे व्रत, जान्नुहोस पूजा विधि र महत्व



 

काठमाडौं । यस वर्षको साउन महिनाको पहिलो सोमबार आज । हिन्दू नेपाली नारीहरुका लागि आजको दिनलाई विशेष रुपमा लिइन्छ । आजको दिन हिन्दु नारीहरुले भगवान शिवको पुजा आरधना गरि मनाउँने गर्दछन् ।

हिन्दु धर्ममा श्रावणको सोमबारे व्रतको विशेष महत्व छ । आज भगवान शिवलाई विधि, विधानले पूजा गरेर प्रशन्न गराउने शुभ अवसर हो । श्रावण महिनाको यो पहिलो सोमबार आज ४ गते व्रत बस्नाले सन्तान सुख, धन, निरोगी र मनोकांक्षीत जीवन साथी प्राप्त हुने विश्वास गरिन्छ । साथै दाम्पत्य जीवनको दोष र अकाल मृत्यु जस्तो संकटलाई टाढा भगाउँछ ।

श्रावणमा ५ सोमबार

यसपटक श्रावण महिनामा ५ वटा सोमबार परेको छ । ५ वटा श्रावण परेको बर्ष व्रत बस्न अति लाभदाएको हुने जनविश्वास रहेको छ । पहिलो व्रत सुरुवात गर्दा ५ वटा सोमबारबाट सुरु गर्दा शुभ मानिन्छ ।

४ गते श्रावणः पहिलो सोमबार ।
११ गते श्रावणः दोस्रो सोमबार ।
१८ गते श्रावणः तेस्रो सोमबार ।
२५ गते श्रावणः चौथो सोमबार ।
३२ गते श्रावणः पाचौँ सोमबार ।

श्रावणे सोमबारको व्रत एवं पूजा विधि

सोमबार व्रत राख्ने व्यक्तिले सूयोदय भन्दा अगाडि उठेर दैनिक क्रियाबाट निवृत भएर स्नान गर्नु पर्दछ । सफा कपडा पहिरिएर पूजा घरमा जानुहोस् । त्यहाँ भगवान शिवको मूर्ति, तस्वीर या शिवलिङ्गलाई गंगा जलले धोएर सफा गर्नुहोस् । तामाको लोटा या अन्य पात्रमा जल भरेर त्यसमा गंगा जल मिसाउनुहोस् । त्यसपछि भोलेनाथलाई जलाभिषेक गर्नुहोस र सेतो फूल, अक्षता, भांग, धतूरो, सेतो चन्दन, गाइको दूध, धूप आदि अर्पित गर्नुहोस् ।

यसपछि ओम नमः शिवाय मन्त्रको जप गर्नुहोस् । पुनः शिव चालिसाको पाठ गर्नुहोस र अन्त्यमा आरती गर्नुहोस् ।

 



प्रतिक्रिया दिनुहोस !