४ मंसिर २०८१, मंगलवार

भालिबाट हिउँदे अधिवेशन सुरु: आज राष्ट्रियसभा सदस्यहरुको स्वाब संकलन



काठमाडौं । आज राष्ट्रियसभा सदस्यहरुको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिने भएको छ । भोलिदेखि हिउँदे अधिवेशन शुरु हुने भएकाले आज सबै सांसदहरुको कोरोना परीक्षण गर्न लागिएको छ ।

राष्ट्रियसभाको हिउँदे अधिवेशन भोलि अपरान्ह ४ बजेको निम्ति आह्वान भएको छ । पहिलो बैठकको अघिल्लो दिन बिहीबार सबै सदस्यको निःशुल्क कोभिड–१९ परीक्षणको व्यवस्था मिलाइएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।

भोलिसम्म रिपोर्ट आउने बताइएको छ । नेगेटिभ रिपोर्ट भएका सांसदहरुलाई मात्र प्रदेश दिइनेछ ।



प्रतिक्रिया दिनुहोस !