३ पुष २०८१, बुधबार

प्रधानमन्त्री देउवाले कति मतले प्राप्त गरे विश्वासको मत ?



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभाको विश्वास मत प्राप्त गरेका छन् । सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले नियुक्त भएको ५ दिनमै विश्वासको मत लिएका हुन् ।

प्रधानमन्त्री देउवाले राखेको विश्वासको मतको प्रस्तावमा आइतबार बेलुका भएको मतदानमा १६५ मत परेको हुन् । यो संख्या प्रतिनिधसभाको कुल सदस्य संख्याको ६० प्रतिशत हो ।

सभामुख अग्निप्रसाद सापकोटाले मतदानमा सहभागी २४९ जनामध्ये विश्वासको मतको प्रस्तावको पक्षमा १६५ मत, विपक्षमा ८३ मत र तटस्थ १ परेको घोषणा गरे । उनले उक्त मत हाल कायम रहेको प्रतिनिधिसभा सदस्य संख्याको बहुमत भएकाले प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।

देउवालाई गठबन्धन र जसपाको महन्थ ठाकुर पक्षाका सदस्यहरुले पनि विश्वासको मत दिएका छन् । हाल प्रतिनिधिसभामा २ सय ७१ सदस्य रहेकोले विश्वासको मतका लागि कम्तीमा १ सय ३६ सांसदको समर्थन आवश्यक थियो ।

 

 

 



प्रतिक्रिया दिनुहोस !