प्रतिनिधिसभा बैठकमा उपस्थित हुन कांग्रेसको ह्वीप
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आइतवार बस्न लागेको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।
संसद भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकमा प्रतिनिधिसभामा अनिवार्य उपस्थित हुन पार्टीका सबै सांसदलाई ह्पीप जारी गरिएको हो।
सर्वोच्च अदालतको २८ असारको फैसलाबाट पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आइतबार अपरान्ह ४ बजे बोलाइएको छ । आइतबार नै दोस्रो बैठक बस्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची छ ।