पोखरेल भन्छन्- ‘आजै सहमती खोज्ने प्रयास भइरहेको छ’
काठमाडौं । पार्टी भित्रको विवाद समाधानको लागि शुक्रवार करिव ४ घण्टा भन्दा बढी एमाले कार्यदलको बैठक बसेको छ ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठकमा आजै अन्तिम सहमती खोजिनेबारे छलफल भइरहेको बताइएको छ ।
जारी बैठकबाट बाहिर निस्किएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका कार्यदल सदस्य शंकर पोखरेलले आजै सहमती गर्ने गरि बैठक बसिरहेको जानकारी दिए ।
“हामी सहमतीका लागि अधिवकतम प्रयास गरिरहेका छौँ । संभवता आजै हामी टुंगोमा पुर्याउछौँ ।” उनले भने ।
गत सोमवारदेखी बैठक आज दिउँसो १ बजेबाट शुरु भएको हो । बिहान साढे ११ बजेका लागि बोलाइएको बैठक आन्तरिक छलफलका लागि भन्दै ढिलागरि शुरु भएको थियो ।