३१ बैशाख २०८१, सोमबार

नायिका जेनी कुँवर अपार्टमेन्टमा झुण्डिएको अवस्थामा मृत भेटिइन्



काठमाडौं । नायिका जेनी कुँवर थापागाउँ नजिक एक अपार्टमेन्टमा बिहीबार साँझ झुण्डिएको अवस्थामा मृत भेटिएकी छन् ।

उनी लामो समयदेखि एक्लै बस्दै आएकी थिइन् । केही समय कलाकारितामा लागेकी कुँवर पछिल्लो समय धार्मिक गतिविधिमा सक्रिय रहँदै आएकी थिइन् ।

कुँवरले ‘घायल’ र ‘हलचाल’ नामक चलचित्र समेत निर्माण गरेकी थिइन् । ‘मैदान’, ‘बज्रपात’ लगायत आधा दर्जन चलचित्र तथा टेलिसिरियलमा अभिनय गरेकी थिइन् । शवसँगै आफू डिप्रेसनको शिकार भएको व्यहोराको पत्रसमेत फेला परेको जनाइएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी काठमाडौं परिसरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !