२८ बैशाख २०८१, शुक्रबार

नेकपाको बैंक खाता रोक्न प्रचण्ड–नेपाल पक्षले सबै बैंकहरुलाई पत्राचार



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आधिकारिकता विवाद बैंक खातासम्म पुगेको छ । निर्वाचन आयोगमा आधिकारिकतासम्बन्धी विवाद विचाराधीन रहेको अवस्थामा यो विवाद बैंकसम्म पुगेको हो ।

पार्टी फूटेसँगै नेकपाको सम्पति रोक्का गर्न माग गर्दै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सबै बैंकहरुलाई पत्राचार गरेका छन् ।

राष्ट्र बैंकले निर्वाचन आयोग वा अदालतको आधिकारिक निर्णय नआएसम्मका लागि नेकपाको नाममा रहेको सबै बैंक खाता रोक्का गर्न निर्देशन दिएको छ ।

स्रोतकाअनुसार हिजो कार्यालय समयभन्दा पछि जानकारी आएकाले राष्ट्र बैंकले आज सबै बैंकहरुलाई औपचारिक रुपमा निर्देशन दिनेछ ।

हाल नेकपा केपी ओली समूह र प्रचण्ड–नेपाल समूहमा विभाजित भएको छ । दुवै पक्षका नेताहरुले नेकपा आफ्नो पार्टीको भएको दाबी गर्दै आइरहेका छन् । तर, निर्वाचन आयोगले बहुमतको पक्षमा अन्तिम फैसला गर्न भने बाँकी छ ।



प्रतिक्रिया दिनुहोस !