९ मंसिर २०८१, आईतवार

कोरोनाको संक्रमण र संक्रमितको मृत्यु दर फेरि उकालो लाग्याे

२४ घण्टामा २,९७९ जना संक्रमति, २८ जनाको मृत्यु



काठमाडौं । मुलुकमा कोरोना संक्रमण र यसबाट मृत्यु हुनेको दरमा फेरि वृद्धि भएको हो । केही दिनदेखि दुवैतर्फ आरालो लागेकोमा गएको २४ घण्टाको तथ्यांकले फेरि बढ्दै गएको संकेत देखाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिउँसो दिएको पछिल्लो २४ घण्टाको संक्रमण र मृत्यु विवरणलाई हेर्दा निषेधाज्ञा खुकुलोप्रति नै प्रश्न उठ्ने अवस्था देखिएको छ ।

मन्त्रालयका अनुसार गएको २४ घण्टामा कोरोनाबाट २८ जनाको ज्यान गएको छ । यो संख्या मंगलबार १५ जनामा झरेको थियो । आज झण्डै दोब्बरले वृद्धि भएको देखाएको छ । योसहित देशमा कोरोनाकै कारण ज्यान गुमाउनको कूल संख्या ९ हजार २९१ पुगेको छ ।

यस्तै संक्रमण दर पनि बढेको छ । २४ घण्टामा थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ताकि हिजो मंगलबार यो संख्या २६३४ मा सीमित थियो ।
मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा देशभर ७८३५ जनाको पीसीआर टेष्ट गर्दा २०७७ जना र ४०६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९०२ जना गरी यो संख्यामा संक्रमण पुष्टि भएको हो ।

आज थप भएका संक्रमितमध्ये काठमाडौं काठमाडौंका ३९०, ललितपुरका ८६ र भक्तपुरका ६७ जना रहेका छन् । हाल उपत्यकाका तीनसहित कास्की, चितवन, मकवानपुर, झापा, मोरङ र सुनसरीमा संक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !