३ जेष्ठ २०८१, बिहीबार

बढ्यो पेट्रोल, डिजल र मट्टितेलको मूल्य,लिटरमा कति पुग्यो ?



काठमाडौ।प्रतिलिटर २ रुपैयाँले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाइएको निगमले जनाएको छ। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम भएको छ।
यसअघि असार ९ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। भारतबाट आउने मूल्य नै बढेकाले समायोजन गरिएको निगमले जनाएको छ। निगमका अनुसार आज राति १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ।



प्रतिक्रिया दिनुहोस !