३१ बैशाख २०८१, सोमबार

सुजिता मृत्यु प्रकरणः चितवनको राप्ती राजमार्ग क्षेत्रमा कर्फ्यु आदेश



चितवन,जिल्ला प्रशासन कार्यालय चितवनले राप्ती नगरपालिकाको राजमार्ग क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।

सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर केही व्यक्तिहरुले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्ने, बीच सडकमा भीड जम्मा गरी हुलहुज्जत, ढुंगामुडा, सरकारी गाडी तोडफोड तथा निजी सम्पत्ति र संरचना तोडफोड गर्ने, आगजनी तथा हुलदंगा गर्न सक्ने देखिएकाले कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले मंगलबार साँझ साढे ७ बजे देखि बुधबार साँझ साढे ७ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको बताए। यो आदेश पूर्व–पश्चिम राजमार्गको लोथर पुलदेखि राप्ती–४ को डडुवासम्मको राजमार्ग तथा दायाँ, बायाँको ५०० मिटर क्षेत्रका लागि रहेको छ। Photo BY/ Setopati



प्रतिक्रिया दिनुहोस !