ज्योति विकास बैंकले ‘बोन्ड २०८७’ ऋणपत्र निष्काशन
काठमाडौं । ‘ख’ वर्गको ज्योति विकास बैंकले २०७८ असार २० गते देखि १ हजार अंकित दरका १५ लाख कित्ताले हुन आउने १.५ अर्ब रुपैयाँको ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र निष्काशन खुल्ला गरेको छ ।
बैंकले निष्काशनको निमित्त एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ । ९ प्रतिशत वार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्नेगरि १० वर्ष अवधिको लागि ऋणपत्र निष्काशन गरिएको हो ।
१.५ अर्बको ऋणपत्र मध्ये सर्वसाधारण लगानीकर्ताहरुको लागि ६० करोड र व्यक्तिगत र विभिन्न संघ संस्थाहरूका लागि ९० करोड निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।
उक्त ऋणपत्रमा न्युनतम आवेदन २५ कित्तादेखि अधिकतम आवेदन सम्पूर्ण कित्ता रहेको छ। लगानीकर्ताहरूले यस ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिने जनाइएको छ ।