३ जेष्ठ २०८१, बिहीबार

राष्ट्रियसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने



काठमाडौं । राष्ट्रियसभाको चालु बर्खे अधिवेशको तेस्रो बैठक भोलि जेठ २१ गते सोमबार दिउँसो १ बजे बस्ने गरी स्थगन भएको छ ।

आज दोस्रो बैठक करिब डेढ घण्टा चलाएर अध्यक्ष गणशप्रसाद तिमल्सिनाले भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको सूचना जारी गरे ।

आजको बैठकमा देशभर बाढी पहिरोले पुर्याएको क्षति र संभावित क्षतिबारे सांसदहरुले गृहमन्त्री विष्णुप्रसाद पौडेलको ध्यानाकर्षण गराएका थिए ।

जवाफमा पौडेलले सबैखाले उपाय लगाएर पीडितहरुको उद्धार, पुनस्थापना तथा राहतका कामर्यक्रम जारी राखेको र संभावित खतराबारे सूचना लिएर सम्बन्धित निकायलाई सतर्कता गराउने र क्षति न्यूनिकरणबारे काममा लाग्न निर्देशन दिइसकेको आश्वासन दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !