संसद विघटन मुद्दामा सभामुखका वकिलको बहस जारी
काठमाडौं । प्रतिनिधिसभ (संसद)विघटनविबरुद्धको रिटमा सवोच्च अदालतको संवैधानिक इजलासमा सभामुख अग्निप्रसाद सापकोटा पक्षका वकिलको बहस शुरु भएको छ । प्रराम्भमा अधिवक्ता मेघराज पोखरेलले बहस शुरु गरेका छन् ।
सभामुखको पक्षमा बहस गर्ने कानुन व्यवसायीका लागी २ घण्टा समय छुट्याइएको छ । अधिवक्ता पोखरेलले १ घण्टा बहस गर्ने भएका छन् । उनको बहस अहिले पनि जारी छ ।
पोखरेलपछि सभामुखको तर्फबाट श्रीकृष्ण सुवेदी, बरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपाने, लव कुमार मैनाली र श्याम खरेलले बहस गर्नेछन् ।
सापकोटाका वकिलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको रिफारिसमा गएको जेठ ७ गते मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटन गैरसंधानिक भएको र विघटन निर्णय बदर गरेर संसद पुर्स्थापनाको माग गरेका छ ।
प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा सुनुवाई भइरहेको छ ।
यसपछि आजै मुद्दा पक्षका वकिलहरुले प्रत्युत्तर बहस गर्ने जनाएका छन् । प्रत्युत्तरको लागि ३ घण्टा समय छुट्याइएको छ । त्यसपछि एमिकस क्यूरीको राय लिने काम शुरु हुने । राय लिने क्रम पूरा भएपछि मुद्दाका अन्तिम फैसला हुनेछ । फैसला यसै हप्ता आउने अनुमान गरिएको छ ।