१९ बैशाख २०८१, बुधबार

आज देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना



 

काठमाडौं । मनसुनी वायुको प्रभावले आज पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसोमा देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस क्रममा प्रदेश नं १, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भने मेघगर्जन/चट्याङसहित भारी वर्षा हुने सम्भावना छ।

यस्तै आज राति पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। प्रदेश नं १ र बागमती प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ।

 



प्रतिक्रिया दिनुहोस !