५ जेष्ठ २०८१, शनिबार

अंशको निहुँमा मसला कुट्ने खलको प्रहार गरी छोराले गरे आफ्नै बुवाको हत्या



काठमाडौं । धनुषामा अंशको निहुँमा छोराले आफ्नै बुवाको हत्या गरेको छन् ।

मसला कुट्ने खलले प्रहार गरी बुवाको हत्या गरेको इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ । जिल्लाको धनुषाधाम नगरपालिका – १ काशीपुर बस्ने बिसो यादवको बिहीबार राति उनकै छोरा श्रीकिसुनले हत्‍या गरेका हुन् । पछिल्लो समय बुवासँग अंश सम्बन्धी विवाद गर्दै आएका थिए ।

मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस !