देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध
काठमाडौं । देशभर मनसुनी वायुको प्रभावले अधिकांश स्थानमा आज मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशका अधिकांश भूभागमा सामान्य बदली रहनुका साथै प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको जनाएको हो ।
आज देश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी प्रदेश नं.१ र बागमती प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जनरचट्टयाङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।