राष्ट्रपतिद्वारा असार १७ गते राष्ट्रियसभाको अधिवेशन आह्वान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छिन् ।
उनले आज मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रियसभाको बैठक असार १७ गते अपराह्न ४ बजेका लागि बोलाइएको छ ।