२० बैशाख २०८१, बिहीबार

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा आएको समस्याको भयो समाधान



 

काठमाडौं । नेपाल टेलिकम (एनटिसी)को जिएसएम नम्बरमा फोन नलाग्ने समस्या समाधान भएको छ ।

टेलिकमको कोर सिस्टममा समस्या आएपछि बुधबार बिहान साढे ६ बजेदेखि मोबाइल नम्बरमा फोन नलाग्ने समस्या देखिएको थियो । कम्पनीको ल्याण्डलाईन तथा मोबाइल नेटवर्क दुवैमा समस्या देखिएको थियो ।

अहिले त्यो समाधान भएको जनाएको छ । फोन नलाग्ने र म्यासेज पनि नजाने समस्याका कारण सेवाग्राहीहरु दुई घण्टासम्म हैरान भएका थिए ।



प्रतिक्रिया दिनुहोस !