आज धादिङमा कोरोनाका कारण ४ पुरुषको मृत्यु, १३७ संक्रमित थपिए
धादिङ ।पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण धादिङमा ४ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बेनिघाटका ५९ बर्षीय पुरुष, गंगाजमुनाका ३३, ५० र ३८ बर्षीय पुरुषको रहेका छन् । योसंगै जिल्लाको मृत्यु संख्या ७२ पुगेको छ । यस्तै मङ्गलबार धादिङमा १३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।