आज तिन प्रदेशमा भारी वर्षा हुने सम्भावना
काठमाडौं । मनसुन सक्रिय भएसँगै देशभर सामान्य बदली रहनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
साथसाथै देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
हाल देशको दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ । भारी वर्षाको अनुमानसँगै महाशाखाले सतर्कता अपनाउन पनि आह्वान गरेको छ ।