३ मंसिर २०८१, सोमबार

आज नेप्सेमा उच्च अंकको गिरावट



 

काठमाडौं । आज साताको दोस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ । ७१ दशमलव ०६ अंकले घटेर २ हजार ८ सय ३४ दशमलव ४० अंकमा झरेको छ ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८ दशमलव ३७ अंकले घटेर ५२० दशमलव १८ अंकमा झरेको छ । कारोबार रकम भने करिब १२ अर्ब पुगेको छ ।

१ लाख ३० हजार ३९७ कारोबारबाट २२७ कम्पनीको २ करोड ३० लाख ११ हजार ८२० कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ११ अर्ब ८४ करोड ५४ लाख ५४ हजार ६ सय ४ रुपैयाँ पुगेको छ ।

 



प्रतिक्रिया दिनुहोस !