१ जेष्ठ २०८१, मंगलवार

लगातार घटेको सुनको मूल्य आज बढ्यो



काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । लगातार घटेको सुनको मूल्य आज ४ सय रुपैंयाँ बढेको हो ।

आइतबार प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन सोमबार प्रतितोलामा ४ सय रुपैंयाँ बढ्दै ९० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको ८९ हजार ९५० रुपैयाँ रहेको छ ।

सुनको मूल्य बिहिबार, शुक्रबार र आइतबार क्रमशः१ हजार १ सय रुपैयाँ, एक हजार २ सय रुपैंयाँ र ८ सय रुपैयाँले घटेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार २ सय ९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !