प्रदेश-१ मा ‘भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा कति ?
काठमाडौं । मनसुनी वायुकै प्रभावले आज प्रदेश एकमा ‘ भारी’ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरू तीन प्रदेशमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।
हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।
आज दिउँसो देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ । यस्तै प्रदेश १ का एक-दुई स्थानमा ‘धेरै भारी’ वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मंगलबार र बुधबार पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।