धादिङमा पहिरोले डोजर पुर्दा दुई जना बेपत्ता
काठमाडौं । धादिङमा पहिरोले डोजर पुर्दा शुक्रवार बेलुकादेखि दुई जना बेपत्ता भएका छन् । धादिङ बेसीको तिप्लिङ सडकअन्तर्गत आदा खोलामा पहिरोले डोजर पुर्दा दुई जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा डोजर चालक सिन्धुपाल्चोक जिल्लाका राजु पराजुली र रुवीभ्याली गाउँपालिका –५ का जोजो तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । बेपत्ता दुवैको खोजी भइरहेको जनाएको छ ।