२७ बैशाख २०८१, बिहीबार

आफ्नै छोरीलाई बलात्कार गरी हत्या गरेको आरोपमा बुबा पक्राउ



 

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–२ बघनियाकी आफ्नै १० वर्षीया छोरीलाई बलात्कार गरी हत्या गरेको आरोपमा ५१ वर्षीय बुबालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गत जेठ २७ गते आफ्नै घरमा मृतावस्थामा फेला परेकी बालिकाको घटना शङ्कास्पद देखिएकोले शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको थियो । विभिन्न व्यक्तिसँग सोधपुछ तथा अनुसन्धान गर्दै जाँदा मृतकका बुवाले २७ गते आफ्नै भैँसी गोठमा लगी जबरजस्ती करणी गरेको र पोल खुल्ने डरले झुण्ड्याई हत्या गरेको अनुसन्धानका क्रममा खुल्न आएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !