१९ बैशाख २०८१, बुधबार

सामसुङ फोन नौ बर्षयताकै सबैभन्दा कम बिक्रि



एजेन्सी । सन् २०२० मा सामसुङ फोन नौ बर्षयताकै सबैभन्दा कम बिक्रि भएको छ । दक्षिण कोरियाली कम्पनी सामसुङको ३० करोड भन्दा कम फोन बिक्रि भएको छ ।

पोर्टका अनुसार यो बर्ष विगत ९ बर्ष यताकै सबैभन्दा कम संख्यामा फोन बिक्रि भएको हो ।

सामसुङको फोन बिक्रि सन् २०११ पछि पहिलो पटक ३० करोड भन्दा पनि तल झरेको रिपोर्टमा उल्लेख गरिएको छ । कोरोना महामारीका कारण फोन बिक्रिमा कम आएको हो ।

यो बर्ष फोन बिक्रीमा कमि आए पनि कम्पनीले सन् २०२१ मा फोनको बिक्रीलाई २१ प्रतिशतले बृद्धि गरेर ३० करोड ७० लाख पुर्याउने लक्ष्य लियको छ ।

जसमा २८ करोड ७० लाख स्मार्ट फोन हुने छन् भने बाँकी २ करोड फिचर फोन हुने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !