९ मंसिर २०८१, आईतवार

आजदेखि फुकुवा भयो खानीखोला हाइड्रोपावरको सेयर कारोबार



 

काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनीको सेयर कारोबार आजदेखि फुकुवा भएको छ । गत जेठ २० गतेदेखि रोक्का रहेको कम्पनीको सेयर कारोबार आजदेखि फुकुवा भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले उक्त कम्पनीले वित्तीय विवरणहरु पेश नगरेको भन्दै कारोबार रोक्का गरेको थियो ।

कम्पनीले गत जेठ २६ गते कम्पनीको लगइनबाट नेप्सेको वेबसाइटमा लगानीकर्ता र सरोकारवाला निकायहरुले अध्ययन गर्न सक्ने गरी अपलोड गरेकाले नेप्सेले कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस !