२३ बैशाख २०८१, आईतवार

निषेधाज्ञा खुकुलो बनाउन गृह मन्त्रालले ढाँचा तयार गर्दै



 

काठमाडौं । सरकारले ढेड महिनादेखि जारी निषेधाज्ञा खुकुलो बनाउने तयारी गरेको छ। त्यसका लागि गृह मन्त्रालय नयाँ ढाँचा निर्माण गर्न जुटेको जनाएको छ ।

गृह मन्त्रालयले सरोकारवाला मन्त्रालय, कोभिड संकट व्यवस्थापन केन्द्र र ७७ वटै जिल्ला प्रशासन कार्यालयसँग छलफल गरी निषेधाज्ञाको नयाँ मोडालिटी तयार गर्न लागेको हो।

शैक्षिक संस्था, सार्वजनिक यातायात, सभा-सम्मेलन, सिनेमा हल, मठमन्दिर, पार्टी प्यालेसलगायत भीडभाडजन्य क्षेत्रमा रहेको निषेधाज्ञालाई कायम राखेर बाँकीमा खुकुलो बनाउँदै लैजाने तयारी गरेको छ ।

उनका अनुसार खाद्यान्न किनमेलका लागि बिहान ९ बजेसम्म तोकिएको समयसीमा पनि बढाइने जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !