गभर्नर अधिकारी भन्छन्, सर्टिफिकेट बोकेर बैंक जाँदैमा ऋण पाइदैन
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८-७९ को बजेटमा स्नातक तह उतीर्ण गरेका विद्यार्थीका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म सहुलियतपूर्ण कर्जा दिने व्यवस्थ गरेको छ ।
तर, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्टिफिकेट लिएर बैंकमा जाँदैमा २५ लाख ऋण नपाइने बताएका छन् ।
नाफिजले आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले बजेटले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने व्यवस्था गरेको भएपनि सर्टिफिकेट बोकेर बैंकमा जाँदैमा बैंकले २५ लाख दिएर नपठाउने बताएका छन् ।
उनले भने, ‘कोही माग्न आयो भने उसलाई दिइ हाल्ने होइन’,‘ यसको लागि योजना, उद्देश्य, चाहिन्छ, त्यो प्रभावकारी छ भने पाउन सकिन्छ । त्यो पनि एकै पटक पाउने होइन आवश्यक परेको बेला दिने मात्रै हो ।’
उनका अनुसार यसले पार्ने असरको विषयमा पनि छलफल सुरु भएको छ । त्यसको लागि अहिले राष्ट्र बैंकले २ वटा टाक्सफोर्स बनाए काम गरिरहेको उनले बताए।