निषेधाज्ञामा होमडेलिभरी तथा इ–कमर्श सेवा सञ्चालन गर्न सर्वोच्चले दियो आदेश
काठमाडौं । निषेधाज्ञाको समयमा होमडेलिभरी सेवा सञ्चालन गर्न आज सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
निषेधाज्ञामा व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग राख्दै सर्वोच्च अदालतमा परेको रिटमा सोमबार अन्तरिम आदेश जारी भएको हो ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा.कुमार चुडालको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारलाई विपक्षी बनाइएको रिट निकेत अग्रवाललगायतले दायर गरेका थिए ।
निषेधाज्ञाको समयमा पनि फूड डेलिभरी तथा इ–कमर्श कम्पनीहरुले दायर गरेको रिटमा अदालतले अन्तरिम आदेश जारी गरेको हो ।अन्तरिम आदेश अनुसार अब निषेधाज्ञामा पनि फूड डेलिभरी र इकमर्श कम्पनीहरुले सेवा सञ्चालन गर्न पाउनेछन् ।