२७ बैशाख २०८१, बिहीबार

घट्यो आज सुनको मूल्य



x

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

आइतबार प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३०० रूपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९३ हजार ३०० रुपैयाँ रहेको छ ।

चाँदीको मूल्य पनि आज घटेको छ । चाँदीको मूल्य आज प्रतितोला ५ रूपैयाँले घटेर १३ सय ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !