९ मंसिर २०८१, आईतवार

शेयर बजारमा आज ऐतिहासिक उछाल, ५० अंकले बढ्दा नेप्से, कति भयो कारोबार ?



 

काठमाडौं । शेयर बजार मापन गर्ने नेप्से परिसूचक आज हालसम्मै उच्च अंकमा पुगेर नयाँ रेकर्ड कायम गरेको छ ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक हालसम्मकै उच्च ५० अंकले बढेको छ । आज नेप्से परिसूचक ५०.१३ अंकले बढ्दै २८०६.८९ अंकमा पुगेर रोकिएको छ । आजको कारोबारमा नेप्से हालसम्मकै उच्च अंक २९१९.१० अंकसम्म पुगेको छ ।

आइतबार ९९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ११३ वटा कम्पनीको शेयर मूल्यमा गिरावट देखिएको छ । ६ वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।

आइतबार ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता शेयर १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२४.५ रुपैयाँमा कारोबार भएको छ । यसअघिको उच्च कारोबार १७ अर्ब २८ करोड ८४ लाख ३२ हजार २४४.९१ रुपैयाँ थियो । लघुवित्तको शेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लाग्यो ।

यस्तै गुडविल फाइनानसको शेयर मूल्य ९.८९ प्रतिशत, लुम्बिनी विकास बैंकको शेयर मूल्य ९.८८ प्रतिशत र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य ९.८७ प्रतिशतले बढेको छ ।

पुनर्बीमा कम्पनीको एक अर्ब २१ करोड रुपैयाँ बराबर शेयर कारोबार भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक ९निफ्रा०को ८३ करोड ९० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

 



प्रतिक्रिया दिनुहोस !