सरकारले दिने भनिएको शैक्षिक प्रमाणपत्र धितो कर्जा कसरी निकाल्न सकिन्छ ?
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा व्याचलर्स पुरा गरेका विद्यार्थीका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत व्याजदरमा २५ लाखसम्म ऋण दिने घोषणा गरेको छ ।
यो नीतिलाई आगामी मौद्रिक नीतिमा राष्ट्र बैंकले उल्लेख गरेपछि कार्यान्वयनमा आउने छ । विशेष गरी नेपाल राष्ट्र बैंकले विभिन्न सहुलीयतपूर्ण कर्जाहरुमध्ये यूवा बर्गलाई स्वरोजगार बनाउने उदेश्यस्वरुप शैक्षिक प्रमाणपत्र धितो राखि सहुलीयतपूर्ण कर्जा दिने योजना हो । यो कार्यक्रम अन्तरगत उद्यमी बन्नका लागि यूवाले शैक्षिक प्रमाणपत्र धितो राख्न पाइन्छ । यो सहुलीयत कर्जा हो । जसको व्याजदर अत्यन्तै कम छ । तर यसको कार्यान्वयनमा भने तिब्रता देखिएको छैन । ्
शैक्षिक प्रमाणपत्र युवा स्वरोजगार कर्जा प्राप्त गर्न ४० वर्ष ननाघेको र कम्तीमा स्नातक तह पास गरेको हुनुपर्छ । काम गर्नका लागि आफूले कुन किसिमको उद्योग संचालन गर्ने हो वा घरेलु तथा साना उद्योग कार्यालय र सीप विकास तालिम केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लगायत कुनै पनि सरकारी निकायबाट कम्तीमा सात दिनको उद्यम, व्यवसाय सीप सिकेको हुनुपर्छ ।
कर्जा लिनका लागि उद्योग सञ्चालन तथा कर्जा उपयोग सम्बन्धमा बिस्तृत रुपमा तयार पारिएको प्रपोजल पेस गर्नुपर्छ । यसलाई न्यूनतम आधारभूत विषयका रुपमा कार्यविधिमै उल्लेख गरिएको हुन्छ । यो शिर्षक अन्तरगत प्रतिव्यक्ति ७ लाख रुपैयाँसम्मको कर्जा बढाएर नयाँ आर्थिक बर्षमा २५ लाख घोषणा गरिएको छ । आफूले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र धितो राखेर यो कर्जा पाइन्छ ।