कालो ढुसीको सङ्क्रमणबाट एकको मृत्यु
काठमडौं । कैलालीमा कालो ढुसीको सङ्क्रमण कारण एक जनाको मृत्यु भएको छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कालो ढुसी (म्युकोमाइकोसिस) सङ्क्रमितको मृत्यु भएको छ । यही जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाका– ६ तुलसीपुरका ६५ वर्षीय पुरुषको मृत्यु भएको जनाएको छ ।