महन्थ ठाकुरसहितका नेताहरु पुगे बालुवाटार
काठमाडौं । जनता समाजवादी पार्टीका नेताहरु बालुवाटार पुगेका छन् । अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिलकुमार झा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेको बालुवाटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीसँग सहकार्य गर्ने विषयमा पार्टीभित्रै विवाद चर्किएका बेला नेताहरू बालुवाटार पुगेका हुन् ।अहिले छलफल जारी रहेको छ । जसपाको महन्थ ठाकुर पक्षले सरकारमा सहभागी हुन प्रधानमन्त्रीसँग निरन्तर छलफल गरिरहेको छ ।