३ पुष २०८१, बुधबार

एमाले स्थायी कमिटी बैठक आज पनि किन भयो स्थगित ?



 

काठमाडौं । आज पनि नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

अर्को बैठक परिस्थिति हेरेर सूचित गरिने जनाइएको छ ।

यसअघि बुधबारलाई बोलाइएको बैठक आज ४ बजे बस्नेगरी स्थगित भएको थियो । पार्टी एकतालाई मुर्तरुप दिन माधव नेपाल पक्षसँग वार्ता जारी रहेकाले हिजो स्थगित भएको बैठक आज नेपाल पक्षले केन्द्रीय कमिटी बैठक राखेपछि स्थगित गरिएको छ ।

आजै एमालेले पार्टीले कारवाही गरिसकेका व्यक्तिले बोलाएको अनधिकृत बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यहरुलाई चेतावनी समेत दिएको थियो ।

 



प्रतिक्रिया दिनुहोस !