नेपाल पक्षका केन्द्रीय सदस्यहरुको बैठक जारी
काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहका केन्द्रीय सदस्यहरुको बैठक चलिरहेको छ ।
भर्चुअल माध्यमबाट जारी बैठकमा नेताहरुले आफ्नो धारणा राखिरहेका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल समूहका दोस्रो पक्षबीच अनौपचारिक वार्ता भइरहेको सन्दर्भमा नेपाल—खनाल समूहले केन्द्रीय सदस्यहरुको बैठक बोलाएको हो।
बैठकमा अनौपचारिक वार्तामा भइरहेका प्रगति र आगामी रणनीतिबारे छलफल हुनेछ। यता, एमालेले भने अनाधिकृत व्यक्तिले आह्वान गरेको बैठकमा सहभागी नहुने केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएको थियो ।