प्रदेश १ को बजेट अधिवेशन जेठ २४ गते गर्न आह्वान
विराटनगर । प्रदेश १ सरकारले बजेट अधिवेशन जेठ २४ गते आह्वान गर्ने निर्णय भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले जेठ २४ गते दिउँसो २ बजे बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए ।
अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको उनले जानकारी दिए । अधिवेशन आह्वान र अन्त्य प्रदेश प्रमुखबाट हुने संवैधानिक व्यवस्था छ ।