बढ्यो कर्मचारीको तलब , अब कसले कति पाउने ?
काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/०६९ को बजेटले निजामति कर्मचारीहरुको तलब वृद्धि गरेको छ । आगामी आर्थिक वर्षबाट लागूहुनेगरी कर्मचारीहरुको तलब २ हजार प्रतिमहिनाका दरले वृद्धि भएको अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्दा बताएका छन् ।
वृद्धि भएको तलबमान अनुसार अब मुख्यसचिवले ६७ हजार १३३ रुपैयाँ प्रतिमहिना पाउने भएका छन् । यस्तै सचिवले ६२ हजार ६७५, सहसचिवले ४९ हजार ३७७ र उपसचिवले ४२ हजार ३७७ प्रतिमहिना पाउनेछन् ।
यसैगरी अधिकृत तहका कर्मचारीहरुले ३७ हजार ९९९, नायब सुब्बाले ३० हजार २०० र खरिदारले २८ हजार ६०४ रुपैयाँ पाउनेछन् । यसैगरी कार्यालय सहयोगीको मासिकल तलब २४ हजार ८०० पुगेको पौडेलले बताएका छन् ।