एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै, यी विषयमा छलफल हुदै
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे डाकिएको बैठकमा आज पनि पार्टी विवादकै विषयमा छलफलको तयारी भएको छ ।
मंगलबार पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो । बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको थियो । तर, पार्टी एकता जोगाउन २०७५ जेठ २ गतेको कमिटी यथावत राखेर अघि बढ्नु पर्ने माधव कुमार नेपाल पक्षधर नेताहरुको अडान छ ।
पार्टी एकता जोगाउनका लागि भन्दै ओली र नेपाल पक्षीय दोस्रो तहका नेताहरू निरन्तर संवादमा जुट्दै आएका छन् ।