५ मंसिर २०८१, बुधबार

चीनले अनुदानमा दिएको आज नेपाल आइपुग्दै



काठमाडौं । चीनले अनुदान दिएको १० लाखमध्ये ९ लाख डोज खोप आज नेपाल ल्याइदै छ ।

८ लाख डोज खोप चीनको राजधानी बेइजिङ र १ लाख डोज खोप स्वायत्त क्षेत्र तिब्बतबाट आज काठमाडौँ आइपुग्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार चीन सरकारले अनुदानमा दिएको खोपमध्ये ८ लाख डोज लिन नेपाल वायुसेवा निगमको काठमाडौं–बेइजिङ–काठमाडौं मेडिकल कार्गो उडान सोमबार राति ११ बजे बेइजिङ प्रस्थान गरेको छ ।

सो विमानले आज २ बजेसम्म ८ लाख खोप लिएर नेपाल आइपुग्नेछ ।

यस्तै चीनको स्वायत्त क्षेत्र तिब्बतले प्रदान गर्ने २ लाखमध्ये पहिलो लटको १ लाख डोज खोप हिमालयन एयरलाइन्सको चार्टर्ड उडानमार्फत आजै ल्याइँनेछ । बाँकी १ लाख डोज पनि हिमालयन एयरलाइन्सको चार्टर्ड उडानमार्फत भोलि ल्याइँनेछ ।

चीनले नेपाललाई अनुदानस्वरुप दिएको उक्त खोप ५५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई लगाइने तयारी भएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !