९ मंसिर २०८१, आईतवार

कृत्रिम मूल्य वृद्धि गरेको छैनौंः खाने तेल उत्पादक संघ



 

काठमाडौं । खाने तेल उत्पादकहरुको छाता संगठन नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले अनुचित ढंगबाट खाने तेलको मूल्य नबढाएको बताएकोे छ ।

सोमबार विज्ञप्ति जारी गर्दै संघले कोभिडका कारण अन्तर्राष्ट्रिय रुपमै तेलको कच्चा पदार्थको मूल्य बढेकाले तेल महँगो हुन पुगेको उल्लेख गरेको छ ।

जारी विज्ञप्तिमा यस्तो भनेको छ, ब्राजिल, अष्ट्रेलिया, क्यानडा, युक्रेन लगायतका मुलुकबाट नेपालसम्म तेलको कच्चा पदार्थ आयात हुने र स्रोतमै ती वस्तुको मूल्‍य दोब्बर हुँदा नेपालमा पनि भाउ बढेको हो,’ ।

कोरोना महामारीअघि प्रति मेट्रिक टन ६०० देखि ६५० डलरमा पाइने क्रुड तोरी, सनफ्लावर, सोयबिनको कच्चा पदार्थको भाउ अहिले १२०० देखि १५०० डलर भन्दा बढी नाघेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !