बढ्यो सुनचाँदीको मूल्य
काठमाडौं । आइतबार नेपाली बजा रमा सुनचाँदीको मूल्य बढेको छ ।
आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन शुक्रवार छापावाल सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
आइतवार तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन यस्तो सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।